पोखरामा मुख्यमन्त्रीको पिए हुँ भन्दै ठगी गर्ने सुवास प्रकाउ
पाेखरा | बैशाख २७, २०८१
पोखरा: पोखरामा मुख्यमन्त्रीको पिए हुँ भन्दै ठगी गरेको आरोपमा सुवास सुवेदीलाई प्रहरीले प्रकाउ गरेको छ । प्रहरीले ठगी गरेको आरोप सुवेदीलाई काठमाडौंबाट प्रकाउ गरेको हो ।
सुवेदीले मुख्यमन्त्रीको पिए हुँ भन्दै तुरुन्तै पोखरा–काठमाडौंको हवाई टिकट बुक गरिदिनु पैसा क्युआर कोड मार्फत पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले प्रकाउ गरेको हो ।
सुवेदीले बैशाख २० गते मुख्यमन्त्रीको पिए हुँ भन्दै तुरन्तै पोखरा–काठमाडौं, काठमाडौं–नेपालजञ्जको हवाई टिकटका लागि पोखरा महानगरपालिका–६ लेकसाइडस्थित रहेको एके टुर्स एण्ड ट्राभल्स प्रालिमा फोन गरी हवाई टिकट काट्न लगाई पछि क्युआरमा पैसा नपठाई ठगी गरेको जाहेरीको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलिले काठमाडौबाट प्रकाउ गरेको हो ।
प्रकाउ परेका सुवेदी माथि अन्य २ वटा ठगी सम्बन्धी किटानी जाहेरी समेत परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

